बाढीबाट लाखौँको क्षति


 

डोल्पा, २८ असार । वर्षायाम शुरु भएसँगै बाढीले जिल्लमा लाखौँ रुपैयाँको क्षति पुगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका– ३ सुनपानीका किसानको खेतबारीमा लगाइएको तरकारी, फलफूलका बोटसहित पाँच रोपनी जग्गा बगाएपछि लाखौँ रुपैयाँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

बाढीले लटरम्म फलेका कागती, भोगटे, अनार तथा तरकारी बगाएपछि बस्तीका १३ घरपरिवारको रु सात लाखभन्दा बढी क्षति भएको स्थानीयवासी तुलबहादुर धरलाले बताउनुभयो ।

“बर्सेनि तरकारी र फलफूल बेचेर रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी हुन्थ्यो, अहिले जग्गानै बाढीले बगायो,” उहाँले भन्नुभयो । बाढीले स्थानीयवासीको घरमा समेत क्षति पु¥याएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।