पन्ध्र वर्षीय बालिका तीन दिनदेखि बेपत्ता


दुनै (डोल्पा), २६ असार । डोल्पाकी एक बालिका बेपत्ता भएकी छन् । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ बस्ने १५ वर्षीया हिरा थापा तीन दिनदेखि बेपत्ता भएकी हुन् । घरमा सामान्य भनाभन भएपछि कसैलाई जानकारी नदिइ निस्केकी थापा अहिलेसम्म पनि फेला नपरेको परिवारिक स्रोतले जानाएको छ ।

थापा नजिकैको त्रिपुरा माध्यमिक विद्यालयमा कक्षा १० को विद्यार्थी हुन् । उनकोे खोजी भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।