सिंहदरबारलाई प्लास्टिकको ओत


काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई वर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ ।

प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । फलामले आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पूरै भत्काएर पुनःनिर्माण गर्ने कि प्रबलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो ।

पुरात्वविद्, प्राधिकरण र मन्त्रालयका अधिकारीले सिंहदरबारको अवलोकन गरी पुरातात्विक महत्व बोकेको सिंहदरबारलाई नभत्काई प्रबलीकरण गर्ने निर्णय गरेका थिए । वर्षाअगावै प्रबलीकरण नसकिने भएकाले प्लास्टिकले छोपेर घामपानीबाट मूल भवनलाई जोगाइएको हो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।