निर्वाचन आयोगमा राजपा दर्ता, महन्थ ठाकुरसहितका शीर्ष नेताद्धारा आवेदन

0
Shares

काठमाडौं । विधानमा टुंगो नलागेपछि रोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ ।

दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेता निर्वाचन आयोग पुगेका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजपा दल दर्ताका लागि आयोग आएकोमा स्वागत र बधाई दिएका थिए ।

६ मधेसवादी घटक एकतापछि बनेको राजपाको विधान टुंगो नलागेपछि बुधबार नै गर्ने भनिएको दल दर्ता तीन दिनपछि सरेको हो ।