जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी


नवलपरासी, २२ असार । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामग्राम नगरपालिकाको दमकलले आगो निभाएको थियो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।