भजनी र कैलारीमा माओवादी केन्द्र विजयी



 

धनगढी,२० असार । कैलालीको भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रत्यासी विजयी हुनुभएको छ ।
माओवादी केन्द्रका प्रमुखका प्रत्यासी शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले बताउनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका केबल चौधरीले पाँच हजार २५ मत प्राप्त गर्नुभयो । यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकै छाँयादेवी देवकोटाले पाँच हजार आठ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकै धनबासी डगौराले चार हजार ३७८ मत प्राप्त गर्नुभयो ।
नगरपालिकाको वडा अध्यक्षमा वडा नं १ र ५ मा एमाले, २, ४, ८, ९ मा माओवादी केन्द्र, ७ मा कांग्रेस, ३ र ६ मा फोरम लोकतान्त्रिकका प्रत्यासी विजयी हुनुभएको छ ।
यसैगरी कैलारी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरी छ हजार २०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजसमझ चौधरीले पाँच हजार ८८६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेवतीरमण पोख्रेलले बताउनुभयो ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै लक्ष्मी सतगौवा छ हजार ६४मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै अनिता चौधरीले पाँच हजार ४०७ मत प्राप्त गर्नुभएको छ । कैलालीका १३ स्थानीय तहमध्ये आज दिउँसोसम्म भजनी नगरपालिका र कैलारी गापासहित १० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहानगरपालिकाको मत गणना जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्