उपप्रधानमन्त्री महरा नयाँ दिल्लीमा


काठमाडौँ, १८ असार । भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरा नयाँदिल्ली पुग्नुभएको छ ।

उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतको बाह्य मामिला मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

आजै साँझ परराष्ट्रमन्त्री महराले नेपालका लागि नयाँ दिल्लीस्थित विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक नियोगका पदाधिकारीसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।