गुल्मीका २५ वडामा एमाले २१ कांग्रेस उम्मेदवार बिजयी



अनिल खत्री, गुल्मी । गुल्मीमा शुक्रवारसम्म घोषणा भएका ९ गाउ“ र २ नगरको परिणाम अनुसार ९३ वार्ड मध्ये एमालेले २५ वार्डमा जितेको छ । कांग्रेसले २१ र माओवादीले २ वार्ड जितेका छन् । रेसुंगा नगरमा ९ वार्ड कांग्रेसले जितेको छ । ४ वार्डमा एमाले अगाडी छ । रेसुंगा नगरको वार्ड नं. ४ को अध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत ४ सय ९३ ल्याएर बराबर भएपछि गोलाप्रथाबाट निर्वाचित गराउने तयारी भैरहेको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताए । नगरपालिका प्रमुखमा एमालेले अग्रता लिएको छ ।

 

त्यस्तै छत्रकोट, रुरु, सत्यवती, कालीगण्डकी, मालिका, इश्मा गाउ“पालिकामा एमालेले अग्रता लिएको छ । मुसिकोट नगरपालिकामा एमालेले अग्रता लिएको छ । धुर्कोट गाउ“पालिकामा माओवादी र कांग्रेसको संयुक्त प्यानलले अग्रता लिएको छ । चन्द्रकोट गाउ“पालिका प्रमुखमा कांग्रेस बिजय नजिक पुगेको छ । उपप्रमुखमा एमाले नजिक छ । विवादका कारण रोकिएको मदाने गाउ“पालिकाको मतगणना शुक्रवार देखि शुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्