महोत्तरीमा वृद्ध महिलाको शव फेला



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १ रामनगरमा एक वृद्ध महिलाको शव फेला परेको छ ।

 

फेला परेको शव गौशाला नगरपालिका १ रामनगर बस्ने अन्दाजी ६५ वर्षिया मनसरिया देवीको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

मनसरिया देवीको शवफेलासंगै उनको हत्या भएको छ कि आत्महत्या भएको छ त्यस सन्दर्भमा महोत्तरी प्रहरीले अनुसन्धान कार्य बढाइरहेको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले मनसरियाको शरीरमा फोका उठेको, किरा लागेको र शरीर पूर्ण रुपले कालो भइसकेकोले शव एक दुई दिन अगाडीको नै भएको अनुमान गरेका छन् ।

 

स्थानीय मिडियामा एसिड छर्केर हत्या गरिएको भन्ने समाचार आइरहेको सन्दर्भमा उनले एसिड छर्केको भए कपडा पनि जल्नुपथ्र्यो भने भुईमा पनि त्यसको चिन्ह हुनुपर्नेमा त्यस्तो केही नदेखिएको बताउनुहुदै स्थानीय मिडियामा यस्तो खबर कहाँबाट आयो यस सन्दर्भमा आफूलाई थाहा नभएका बताए । साथै उपरिक्षक लम्सालले थप कुरा पोष्टमार्टम र भिसेरा परिक्षणबाट खुल्ने बताए ।

 

सोमबार बिहान मनसरियाको घर अबेर विहानसम्म नखुलेपछि केही स्थानियहरुले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्