भग्नावशेष आगलागीमा एकको मृत्यु

0
Shares

 

अस्टाना, (एजेन्सी)
एउटा रुसी अन्तरिक्ष प्रक्षेपणस्थलबाट खसेको भग्नावशेषको कारण लागेको आगलागीमा परेर एकजना कजाख पुरुषको ज्यान गएको तथा अन्य एक व्यक्तिलाई उपचारार्थ अस्पतालमा भर्ना गरिएको रुसी तथा कजाख सरकारी सूत्रले बिहीबार जनाएका छन्।

कजाखस्तानको आपत्कालिन स्थिति समितिका प्रवक्ता रुस्लान इमान्कुलोभले बाइकोनुर कोस्मोड्रोम नजिकबाट प्रक्षेपण गरिएको रकेट बुधबार पृथ्वीमा खस्दा त्यसबाट निस्केको वस्तुको कारण करिब १५ किमिसम्म आगो फैलिएको बताएका छन्।

रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ सामान पठाउन उक्त रकेट प्रक्षेपण गरिएको जनाएको छ। एक चर्चित रकेट कम्पनी एनपीओ मासिनोस्ट्रोएनियाबाट प्रक्षेपित रकेटको भग्नावेशष बटुल्ने काममा ती व्यक्ति लागिपरेको बताइएको छ।