रक्सीका बोतलले भरियो शौचालय

0
Shares

हेटौंडा,(नेस)

सफा शहरमा सफा शौचालय हुन्छ भन्ने मान्यता राखिन्छ । तर, हेटौंडाको बाक्लो जमघट भइरहने क्षेत्र हुप्रचौरमा रहेको सार्वजनिक शौचालयको अवस्था भने लाजमर्दो छ ।

वासुदेव सभागृह छेउमै रहेको शौचालय दिसापिसाबले दुर्गन्धित बनेको मात्र नभएर विभिन्न फोहोरजन्य क्रियाकलापका कारण शौचालय घिनलाग्दो बनेको हो । सुरक्षामा खासै ध्यान नदिएर खुला राखिएका कारण शौचालयको प्यान रक्सीका बोतलले भरिएका छन् ।

‘यात्रुका लागि दिशापिसाब गर्न सञ्चालनमा ल्याइएकोे सार्वजनिक शौचालयको हालत दिक्क लाग्दोछ,’ हुप्रचौरमा भेटिएका एक खेलाडी भन्छन्–बाक्लो उपस्थिति रहने क्षेत्रमा खा“चो परे पनि व्यवस्थापनमा ध्यान नदि“दा शौचालयको यो हविगत भएको छ ।

शहरको केन्द्रमा रहेको हुप्रचौर क्षेत्रमा सार्वजनिक शौचालय व्यवस्थित नहु“दा यसले हेटौंडालाई गिज्याइरहेको विकासका अभियन्ताहरु बताउ“छन् । ‘सफा शहर हेटौंडा भनेर हामी मक्ख परिरहेका छौं, शौचालयको ताल यस्तो छ,’ सर्वसाधारण भन्छन् ।

पछिल्लो समय शौचालय ड्रग्स युजरका लागि उपयुक्त थलो भनेको उनी बताउ“छन् । दिसापिसाबका लागि प्रयोग गर्ने शौचालय लागुऔषध प्रयोग गर्नेको अखडा बनिरहेको छ ।

सार्वजनिक क्षेत्रमा रहेको शौचालयको अवस्थाप्रति सम्बन्धित निकाय पूरै बेखबर बनेको स्थानीयले गुनासो गरेका छन् । शौचालय हेरेपछि मानिसको घरको सफाइका विषयमा सोधिरहनुपदैन भनिन्छ । शौचालय कस्तो छ भनेर शहरको मूल्यांकन गर्ने गरिन्छ ।