कक्षा ११ को परीक्षा आजबाट सुरु

0
Shares

काठमाडौ (नेस) ।
स्थानीय तहको निर्वाचनका कारण पटक पटक सरेर प्रभावित भएको कक्षा ११ को परीक्षा असार १ बाट सुरु भएको छ । देशभरका ९९३ परीक्षा केन्द्रमा परीक्षा भैरहेको छ । आज परीक्षाको पहिलो दिन अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।

परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।