जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जना घाईते

0
Shares

सन्तोष रुचाल,धनकुटा ।
धनकुटाको रुद्रबारी नजिक आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

तेह्रथुमको म्याङलुङ्गबाट जन्ती लिएर झापाको दमकतर्फ जाँदै गरेको को.१.ज २७९१ नम्बरको बोलेरो जीप बिहान करिब साँढे ८ बजे धनकुटा नगरपालिका–९ रुद्रबारी नजिक खुरिलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका तेह्रथुम म्याङलुङ्गका ४५ बर्षीय नन्दलाल खत्री र ३० बर्षीय सन्तोष बस्नेतलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

तीन जना सामान्य घाईतेको मुलघाट स्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

जीप अचानक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

ब्रेक फेल भएपछि चालकले गम्भीर दुर्घटनाबाट बचाउन गाडीलाई भित्तामा लगेर ठोक्काएका थिए ।