बाँदर आतंकले जनता हैरान

0
Shares

हेटौंडा,(नेस) ।
हेटौंडा–६, चौघडामा बाँदरले आतंक मच्चाउन थालेको छ । स्थानीयले लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि स्थानीय चिन्तित भएका छन् ।

खेतमा लगाइएको मकैमा बाँदरले क्षति पुर्याउने  गरेको छ । स्थानीय गोविन्द सुवेदीका अनुसार घोगा लाग्न थालेका मकै खाने तथा कलिलो मकै खेतमा भाँचेर मिल्काइ बाँदरले नोक्सानी पुर्याएको छ ।

बाँदरले घरमा छिरेर अन्नपात नोक्सान गर्ने, घरमा सञ्चय गरेर राखेको सामान नास गर्ने र महिला तथा बालबालिकालाई आक्रमण गर्ने गरेकोे उनले बताए ।