‘मनोरोग हो’



अनन्तप्रसाद अधिकारी प्रमुख मनोरोग विशेषज्ञ मानसिक अस्पताल, पाटन

यो एक किसिमको मानसिक स्वास्थ्य समस्या नै हो। यसलाई अमेरिकी मनोचिकित्सक संघको मानसिक विचलनका निदानात्मक तथा तथ्यांकीय निर्देशिका (डाइग्नोस्टिक एन्ड स्टाटिस्टिकल म्यानुअल अफ मेन्टल डिसअडर्स) को पाँचौं संस्करण, २०१३ ले पेडोफिलियालाई पेडोफिलिक डिसअर्डर भनेर स्वास्थ्यसमस्याको रुपमा औंल्याएको छ।

यस समस्याको विकास मानिसको यौनिकताको विकाससँगै हुने हुनाले वयस्क हुँदैजाँदा देखिँदै जान्छ। यसको उचित उपचार तथा व्यवस्थापन नभएको अवस्थामा व्यक्तिको सक्रिय यौन जीवनभर यस्तै समस्या रहन पनि सक्छ।

यो समस्या महिला तथा पुरुष दुवैमा देखिने भए पनि प्रायः पुरुष पेडोफाइलहरू देखिन्छन्। प्रायजसो १० जना पेडोफिल पुरुषमा एक जना जति महिला पेडोफिल हुने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्