मौसम केही दिन उस्तै



काठमाडौं, (नेस)
पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा वर्षा भएको छ।

उक्त वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बदलीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ।

दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते तोकिएकाले सो समयमा मौसम कस्तो हुने हो भन्ने बारेमा सर्वत्र चासो रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्