महरालाई सुष्माको टेलिफोन



काठमाडौं, (नेस)
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेश मन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाई दिनुभएको छ।

स्वराजले सो अवसरमा नेपाल र भारतबीचकोे सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै आएको चर्चा गर्दै आपसी विश्वास र हितका आधारमा अगाडि बढ्ने धारणा राख्नुभएको थियो।

सो अवसरमा महराले भारतीय विदेशमन्त्रीलाई धन्यवाद दिँदै आगामी दिनमा निकट रहेर दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन लागिपर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्