अस्पतालको छतबाट खस्दा डाक्टरका छोराको मृत्यु


दाङ, २० जेठ । घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो ।

राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरमा बस्दै आउनुभएका आदित्य भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको बताइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका बालक एकाएक छतबाट खसेका बताउनुभयो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । रासस