निर्वाचन बिथोल्न डोटीमा जनसरकार गठन


विमल विष्ट,डोटी
नेत्रबिक्रिम चन्द विप्लले नेतृत्व गरेको नेकपा आमोबादीले डोटीमा निर्वाचन बिफल पार्नका लागि गाउँ गाउँमा जनसरकार गठन गर्न थालेका छन् ।

आगामी असार १४ गते हुने स्थानियतहको निर्वाचनलाई बिफल पार्नका लागि तथा यहाँका गाउपालिकाहरु आफनो कब्जामा भएको ल्याउनका लागि उनिहरुले धमाधम गाउँ जनसरकार गठन गर्न थालेको बताईएको छ ।
जनसरकार गठनका लागि डोटीका ग्रामिण क्षेत्रमा ठुलो संख्यामा नेकपा आमोबादी विप्लबका नेता तथा कार्यत्रकर्ताहरु परिचालन भएका छन् ।

स्थानियबासीका अनुसार उक्त पार्टिले जिल्लाका साबिकका जोरायल,गड्सेरा,मन्नाकापडी,बर्छैन तथा लाककेदारश्वर गाबिसमा योगेन्द्र बोहरा,दिपक बोगटी,तेजबहादुर बोहरा,तारासिंह मन्नी,प्रेम बहादुर विष्ट र गोरख बोगटीको अध्यक्षमा आफना जनसरकार प्रमुखहरु गठन गरेका छन् । यतिमात्र नभई सो पार्टिका कार्यकर्ताले स्थानिय तहको निर्वाचनमा नगरपालिका,गाउपालिका तथा वडाहरुमा उमेदवारी निदेहरुलाई पनि उमेदवारी फिर्ता गर्न दबाब दिईरहेको बताईएको छ ।

नेकपा माओबादीकका कार्यकर्ताले पछिल्लो समय डोटीका ग्रामिण क्षेत्रमा बिगतको शसस्त्र द्धन्द्ध झल्किने खालको गतिबिधि गर्न थालेपछि यहाँका स्थानियमा डरत्रास बढ्न थालेको छ ।
उता नेत्रबिक्रम चन्द विप्लबले नेतृत्व गरेको नेकपा माओबादी डोटीमा संयोजक विवेक कुमालले सरकारले तोकेको दोश्रोचरणको निर्वाचन कुनैपनि हालमा सम्पन्न हुन नदिने दाबी गरेका छन् ।

उहाँले भन्नु भयो ‘हामी पार्टिको निति निर्दैशनमा परिचालन भएका छौ,जनहित विपरीत गरिन लागेको स्थानिय तहको निर्वाचनलाई परास्त गर्न हामीले बिभिन्न योजना अगाढी बढाएका छौ,निर्वाचन कुनैपनि हालतमा सफल हुन दिन्नौ ।’

डोटीमा सो पार्टिले निर्वाचन बिरोधी घर दैलो अभियान संगै आफना कार्यकर्ताहरुलाई पसिक्षण दिन थालेको छ । नेकपा माओबादीले जिल्लामा निर्वाचन बिरोधी कार्यक्रमहरु गर्न थालेपछि यहाँको प्रहरी प्रशासनले उनिहरुका कार्यक्रमहरुलाई बिषेश चासोका साथ हेर्न थालेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्माले निर्वाचन बिरोधी कार्यक्रम तथा मतादाता र उमेदवारलाई डराउने,धम्काउने उमेदवारी फिर्ता लगाउने जस्ता काम कहि कसै बाट भएको पाईए कानुनी प्रक्रिया थालिने बताउनु भयो ।

उहाँले भन्नु भयो ‘निर्वाचन बिरोधी काम गर्न कसैलाई छुट छैन,कानुन बिपरितका कार्य गरेको पाईए सजाय हुन्छ ।’