चुनाव लडन गाउँ फर्किए महतरा


सलिम अन्सारी,प्यूठान
जिल्लाको झिमरुक गाउँपालिका २ बाँदीकोट बस्ने चन्द्र कुमार महतरा अवकाश प्राप्त भारतीय सेना हुन ।

उनी १६ बर्ष भारतीय सेनामा कार्यरत रहे। उनले ३८ बर्षको उमेरमा जागिरबाट अवकाश पाएका हुन। त्यसपछि उनले गाउँघरमै गर्ने केही पेशा ब्यवसाय देखेन्न र अवकाशपछि फुर्सदिलो समयलाइ उपयोग गर्ने सोचले उनी बिदेशतीर होमिय ।
द्धन्दकालीन २०६३ सालमा रोजगारीका शिलसिलामा उनी बहराइन गए। उमेरले ५३ बर्षीया महतराले बहराइनमा झण्डै १२ बर्ष बिताए। त्यहाँ उनको प्रतिमहिना २ लाख ४० हजार नेपाली रुपैयाँ कमाउँथे ।

डीएसएल कार्गो मल्टिनेश्नल कम्पनीमा कार्यरत महतरा अव बिदेश नफर्कने गरी घर आएको जानकारी दिए।

अवको जीवन राजनीति यात्रामा लागेर समाज सेवा गर्ने उध्यश्यले उनी गाउँ फर्किएका हुन । महतरा आसन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेद्धवार समेत बनेका छन ।

नेकपा एमालेले महतरालाइ झिमरुक गाउँपालिकाको वार्ड नम्बर २ को अध्यक्षमा उम्मेद्धवारी दिएपछी उनी भोट माग्दै जनताको घरदैलोमा पुग्न थालेका छन। कम्पनीमा राजीनामा दिएर आएको छु, उनले भने अव बाँचुन्जेल गाउँकै सेवा गर्छु।

सवै परिवार काठमाण्डौमा छन। मलाइ गाउँमै बसेर समाजसेवा गर्ने मन छ,महतराले भने।
गाउँकै बलभद्र माबिमा प्राथमीकतहसम्म पढेका उनले स्नातक सम्मको अध्यन पुरा गरेका छन।आफु वार्ड अध्यक्षमा जितेमा खानेपानी सुवीधामा ध्यान दिने महतराले बताए ।

गाउँमा सामाजिक क्षेत्रका थुप्रै बिषय रहेकाले यसतर्फ बिशेष ध्यान दिने प्रतीबद्धता उनले जनाए।