काभ्रेको दुई वडामा माओवादीको प्यानल नै बिजयी



मोतीराम तिमल्सिना, काभ्रे ।
बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम केहि स्थानीय तहका वडाहरुमा सम्पन्न भएको छ ।

जिल्लाका ११ वटा स्थानीय तहमा शुरु भएको मतगणना अनुसार रोशी गाउँपालिकाका २ वटा वडा र खोनीखोलामा एउटा वडाको मात्रै मतगणना सम्पन्न भएको थियो । साँझसम्म प्राप्त परिणाम अनुसार दुई वडामा नेकपा माओवादीका उम्मेदवार प्यानल सहित विजयी भएका छन् भने रोशीको ११ नम्वर वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् ।
नेकपा एमालेले मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका तथा तेमाल र भुम्लु गाउँपालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले पाँचखाल नगरपालिका, खानिखोला गाउँपालिका, रोशी गाउँपालिकामा अग्रता लिएको छ । बेथाञ्चोक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । चौरी देउराली, महाभारत गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा भईरहेको छ ।

खानीखोला गाउँपालिका वडा नम्वर १ मा माओवादी केन्द्रका च्याङ्गवा लामा ३४५ मत सहित वडा अध्यक्षमा विजयी भएका छन् । उनी सहित सिङ्गो प्यानल नै विजयी भएको छ । एमालेका आशाराम गोलेले २५५ मत प्राप्त गरे । अध्यक्षमा माओवादीका इन्द्रबहादुर थिङ्गले ३६५, एमालेका कृष्णबहादुृर खुलालले २३४, नेपाली कांग्रेसका गोपाल दर्लामीले ९१ मत प्राप्त गरेका छन् ।
माओवादीले रोशी गाउँपालिकाको वडा नम्वर १२ मा पनि वडा अध्यक्ष सहित सिङ्गो प्यानल नै विजयी भएको छ । रोशी गाउँपालिकाको वडा नम्वर १२ मा माओवादीका रामबहादुर तामाङ ३४४ मत ल्याई विजयी भएका भएका छन् ।

प्रतिक्रिया दिनुहोस्