बिरामी भेट्न जाँदा गगनमाथि दुर्व्यवहार



काठमाडौ (नेस) ।
स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेको मन्त्री थापाका सहयोगी सैलेश सिटौलाले जानए ।

दुव्र्यवहार गर्ने एमालेका कार्यकर्ताको पुर्व योजना रहेको दावी गरिएको छ ।

आफ्नै निजी गाडीमा कपनमा रहेका आफ्न्ती बिरामी बिद्धालाई भेट्न गएका मन्त्री थापालाई एमाले कार्यकर्ताले एक्कासी हमला गर्ने प्रयास गरेका थिए । हमला भएपछि उनी तुरुन्तै त्यहाँबाट फर्केर अर्कै बाटो विरामीलाई भेट्न जाने प्रयास गरेका थिए । तर, अर्को बाटोमा पनि उनलाई अवरोध गरेपछि उनी उक्त विरामी नभेटी त्यहाँबाट फर्केका हुन ।

लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमाले कार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।

पछ्याउने क्रममा एकजना एमालेका कार्यकर्ता उनकै निजी गाडीमा ठोक्कीएर लडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्