समुद्रमा अनौठो विशाल सिनो


जाकार्ता (एजेन्सी)
इन्डोनेसियाको एउटा सामुद्रिक तटमा बग्दै आएको एक विशाल मृत जीव अहिलेसम्म कसको हो, थाहा हुन नसकेको जनाएको छ । उक्त शव सेरुम टापु हुलुङ बिचमा मंगलबार राती फेला परेको स्थानियले बताएका छन् । सुरुमा उनीहरुले त्यसलाई अलपत्र परेको एउटा डुंगा ठानेका थिए ।

सामुद्रिक तटमा बगेर आएको धारिएको ४५ फिटको उक्त सिनो केहि दिन अगाडीनै मरेको हुनसक्ने अनुमान गरिएको छ । इन्डोनेसियाको मध्य मालुकु प्रान्तका स्थानियले उक्त जीवसँग खिचेको तस्वीर सामाजिक सन्जालमा हालेका थिए । धेरैले त्यसलाई विशाल स्क्विड भएको बताएका थिए ।

तर इन्डोनेसियालको जल तथा तटिय स्रोत ब्यवस्थापनका विज्ञहरुले उक्त जीव ह्वेल हुनु पर्ने बताएका छन् । परिक्षणका लागि प्रयोगशालाले उक्त जीवको नमुना निकालेको जनाइएको छ ।