प्रचार सामग्री तोडमोड गरिएको भनी आपत्ति


काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ ।

प्रतिलिपि अधिकारको उल्लङ्घन हुने गरी व्यक्ति÷संस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको एमालेले जनाएको छ । एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाहीका निम्ति सरकारसँग माग गरिएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।