खोलाले बगाएर आमाछोरीको मृत्यु


बैतडी, २८ वैशाख । खोलाले बगाएर बैतडीमा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ सुकुट्टीकी २४ वर्षीया सुनिता महर र उनकी ६ वर्षीया छोरी करिश्मा महर रहेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो ।

बुधबार साँझ ४ः३० बजे घरनजिकै रहेको पुरौडा खोलामा नुहाइरहेका बेला एक्कासि वर्षासँगै आएको बाढीले आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस