काँग्रेस सभापति देउवा र एमालेका अध्यक्ष बीच भेटवार्ता


पुष्कर बुढाथोकी भक्तपुर,(नेस) ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालकोट ओली निवासमा भेटवार्ता भएको छ ।

भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै ओलीका निजी सचिब अनिश दाहालले समसामयिक बिषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो ।

करिव १ घण्टा भएको भेटमावार्तामा कांग्रेस सभापति देउवाले मधेश केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनु पर्नेमा जोड दिंदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष ओलीले भने दोस्रो चरणको निर्वाचन बजेटअघि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ओलीले सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्न सुझाब दिनुभएको बताईएको छ ।