उसकी प्रेमिकालाई चिट्ठी….



हेमन्त राज जोशी,काठमाडौ ।

(उसकी?) सरु …शास्वत सत्यलाई तिमीले पक्कै तितो मान्नेछौ ।

भलै मलिनताको मुखाकृति पारौली निमेषका नीम्ति ।तर….मलाई हलुको हुनदेउ एकछिनका नीम्ति धौर्य गरेर । म भावनाका नाटकहरु मन्चन गर्छु तिमीलाई पात्र बनाएर, तिमी बस् मौन स्वीकृतिमा दर्शक बनिदेउ ।

तिमी आफ्नो सफलता (उर्फ्) ले अग्लीएको पोल्टो भर, म आफुलाई रित्याउँछु । तिमी मौन बस, आज केबल म बोल्छु ।

तिमीसंग धेरै प्रेम, केही घृणा, अलिकति मानवता र थोरै तिम्रा अतिरन्जित “वादहरु” का बारेमा कुरा गर्नु छ । कहाँ थियौ तिमी यतिका दिनसम्म रु कसरी बितायौ ती दिनहरु रु तिमीलाई उसको कत्तिपनि याद आएन रु अनि तिमी त्यै… होइन जसले उ संगै हात जोडेर काठमाण्डौका गल्लीहरुमा भेटिने हरेक मुर्तिलाई नतमस्तक भएर ढोग्थ्यौ, प्रेममा अमरत्व प्राप्तीका निम्ती कहाँ गएका थिए त्यसबेला तिम्रा नारी अस्तित्व र भौतिकवादका कुरा ।

किन तिमी आफ्नो सरलतामाथि सिद्धान्तको लेप लगाएर रंगीबिरंगी पार्न खोज्दै छौ रु प्रेम गरेपछि तिमीले कुनै अस्तित्व र वादको कुरा गर्न सुहाउदैन उ संग जोडेर ।

अनि किन खुल्दैनौ कि वर्तमानको तिम्रो कथित औपनिवेशिक मुक्तिलाई कैयौदिन स्वेच्छाले बन्धक बनाएकि थियौ उसको काखमा १ अझ, भन्छौ भने त, तिमीमा मान्छे हुनुको सार पनि उसैले भरिदिएको थियो ।
अहम् (इगो) र अवचेतन (इद) का बीचमा तिमीहरुबीच जुन असंगति थियो, त्यो एकको अर्काको भन्दा कम थिएन, जसले वर्तमानमा सायद उसलाईभन्दा बढी तिमीलाई नै कुत्कुत्याउँछ आफनै मगजको मध्यवर्ती बिन्दुबाट ।

वाह्य वास्तविकताको ज्ञान नराखेर अहंको प्रतिरोध गर्न नसक्ने र त्यस स्थीतिमा अवचेतनका कुण्ठित यौन निःसर्ग वृतिले छद्म, विकृत र यौन पिपांशु थियौ रे तिमी, ।

तर अब चैतन्यको भेउ पाएपछि अहम् लछार पछार घिसारिएको वास्तविकताको फु्रम नहेरी विक्षिप्तताको आभाष दिन खोजी रहेछौ ।

तिमी पितृस्थापन्न प्रेमी चाहान्थ्यौ, एक मनस्तात्विक प्रेमी । “मेरो गतिलो लोग्ने होस्, एक दुईजना छोराछोरी होउन्, जसलाई सानो चट्टपरेको फ्रक र जुत्ता लगाईदिँउ” बस यत्ति ।

संसारले हारेको हेर्ने सपना उसैले देखाएको थियो तिम्लाई तर तिमीले उल्टो उसलाई “लुब्ध प्रेमी”को संज्ञा दिएर “सड्यन्त्रको खेलाडी”का रुपमा कति बेला चित्रित गर्यौ भनेर समेत उसले बुझेन । तिमीहरु एकअर्कामा स्पष्ठ हुन सकेनौ त्यो बेला र अब कहिल्यै सक्दैनौ पनि । किनकि, अचेल उसमा तिमीप्रतिको प्रेमको पछि महाशुन्य छ, भने तिमीले पनि त स्वास्नीमान्छे हुनुको औपचारिकता पुरा गरिसक्यौ ।

मैले उसलाई कहिले विष्णुदेवी त कहिले पशुपतिका आर्यघाटमा टोलाएर बसेको देखेको छु । कति रातहरुमा ऐँठनमा परि तिम्रो नाम चिच्याएको सुनेको छु । डायरीका पानाहरु कति जले कति च्यातिय उसको प्रेमलाप कोरिएका । लाग्थ्यो उसको जीवन हुनुको सार तिमी टाढिए संग संगै फुङ्ग उडेको पत्झडजस्तै कुरुप हुदै गयो ।

तर थाहा छ सरु..तिमीले उसलाई विशाल जगतको कटु यथार्थ बुझ्ने मार्ग देखाईदियौ । उ एकदमै खुसी छ आफुसंग आफै रमाउँदै आजकल ।

उसको जीवनको सार।। तिमीसंगको साक्षातकारको प्राप्ती .. उ कति भाग्यमानी.. जसले जीवन होईन नकि सारा ब्रह्माण्डको साक्षातकार गर्यो । अघिको हताशाको आघातले अचेल नैतिकदेखि धार्मीकमा फड्को छ । उ आत्मसक्रियताको होईन आत्मसमर्पणको भोको छ । बहुजन हिताय…बहुजन सुखायको महामन्त्र जप्दैन उ आजकाल । न कि आत्मकेन्दि«त जीवनको सार खोज्दैछ कहिले चिहान त कहिले एकान्त जंगततिर । उ तिमीसंगको आलिंगनको आनन्दलाई महशुस गर्न समेत नसक्ने गरी डुबिसकेको छ चैतन्य महासागरमा ।

सिकन्दर बन्ने आशक्ति रहेन उसमा अब । उ नपुंशक आध्यात्मको दास बनेको छ, । उसलाई तिम्रो रुप र यौवनले जडवादी तुल्याउन सक्दैन सरु ।

बरु तिमी सक्छौ भने उसलाई यत्ति सम्झाईदेउ कि शुन्यता जीवनको सार होइन ।
सरु.. तिमी पनि आफ्ना अनुरागी मनलाई अब नडुलाउ र शान्ति देउ । किनकि, तिमीले पनि यथार्थ बुझ्नु छ । जगत बुझ्नु छ । सायद यो नै उसको तिमीप्रतिको अन्तिम अनुराग र आशा थियो ।

विश्व विजयको यात्रामा निस्केकी तिमी अब थाक्यौ हौली ।
आउ विश्राम देउ तिम्रो सात्विक शरिर, अनुरागी मन, र विजयको हुंकार गर्ने निःमानविकृत तिम्रो आत्मालाई ।

प्रतिक्रिया दिनुहोस्