बालक हत्या गर्नेलाई जन्मकैद



लक्ष्मी कुमार साह, महोत्तर
बालक हत्या अभियोगमा पक्राउ परेकालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला अदालत महोत्तरीको बेन्च नं. ३ का न्यायाधीश अनिलकुमार शर्माको इजलासले पक्राउ परेका ५ जनामध्ये दुईजनालाई जन्मकैद, एक जनालाई ११ वर्षकैद र ५० हजार जरिवाना तथा दुई जनालाई रिहा गर्ने फैसला गरेको छ।

जलेश्वर नगरपालिका–१२ मलिवाडा बस्ने नवीन पाण्डेका छोरा वर्ष ११ का निश्चल पाण्डेलाई अपहरणपश्चात घाँटी रेटी हत्या गरिएको थियो। बालकलाई हत्या गरेको आरोपमा प्रहरीले जलेश्वरनगरपालिका वडानं.–१ का पप्पु यादव, वडानं.–२ का शिवम चौधरी, वडानं.–६ का गोविन्द कुमार मिश्र, वडानं.–१२ का सरोज पाण्डे र संजीव मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत महोत्तरीले गोविन्द मिश्र र पप्पु यादवलाई जन्मकैदको फैसला गरेको छ भने शिवम चौधरीलाई ११ वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ भने सरोज पाण्डे र संजीव मिश्रलाई सफाइ दिएको पीडित परिवारले जनाएको छ।

हत्या गरिएका बालकका परिवारजनले मुख्य आरोपीहरूलाई अदालतले रिहा गरेको भन्दै सो फैसलाप्रति आफूहरूको चित नबुझेकाले पुनरावेदन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्