बीपीसीका दुई आयोजनाको शिलान्यास



नेपाल समाचारपत्र
काठमाडौं
बुटवल पावर कम्पनी (बीपीसी) ले स्थापनाको ५०औं वर्ष पूरा गरेको छ। यस अवसरमा कम्पनीले काबेली ‘ए’ र न्यादी खोला जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको छ। दुवै आयोजनाको शिलान्यास भइसकेको छ। नयाँ आयोजनाले सन् २०२० भित्रमा ६७ दशमलब ६ मेगावाट विद्युत उत्पादन गर्नेछन्। कम्पनीका सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिका अनुसार कावेली ‘ए’ आयोजनामा इन्फ्राको एसिया र सिंगापुर साझेदार रहेको छ भने न्यादी आयोजनामा स्थानीय कम्पनी लमजुङ विद्युत् विकास कम्पनी साझेदार रहेको छ।

बुटवल पावर कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत् केन्द्र तथा ९ दशमलब ४ मेगावाटको आँधीखोला विद्युत् केन्द्र सञ्चालन गरिरहेको छ भने आफ्नै वितरण प्रणालीमार्फत् स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँचीमा ५० हजारभन्दा बढी ग्रामीण घरधुरीलाई विद्युत् सेवा समेत प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्ना व्यवसाय विभिन्न १० वटा सहायक तथा सम्बद्ध कम्पनीमार्फत् सञ्चालन गर्दै आएको छ। कम्पनीको आगामी योजनामा मनाङ जिल्लामा सय मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना र ८ दशमलब ५ मेगावाटको चिनो खोला जलविद्युत् आयोजना निर्माण गर्ने रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्