गुठीका कर्मचारी घूससहित पक्राउ



नेपाल समाचारपत्र
भक्तपुर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूर्यविनायकस्थित गुठी संस्थान शाखा कार्यालय भक्तपुरका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेललाई रु. ५० हजार घूससहित आज कार्यालयबाटै पक्राउ गरेको छ।

गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घूस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगबाट कार्यालय पुगेको टोलीले घूस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको हो। आयोगले पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्