प्रेमीसँग मिलेर श्रीमानको हत्या



श्रीमान हराएको ६ दिन पछि शंव फेला

कालीबहादुर मल्ल,कालिकोट ।

महावै गाउँपालिका ५ का नरेन्द्र बिकको हत्या उनकै श्रीमति १६ वर्षिया धनकला बि.क.गरेको रहस्य खुलासा भएको छ । बि.क.ले श्रीमानको हत्या रमेश बि.क भन्ने प्रेमिकासँग मिलेर गरेकी हुन् । हत्या गरिएका बि.क.को शब हराएको ६ दिनपछि भेटिएको थियो ।

महावै गाउँपालिका–५ का १६ वर्षिया धनकला बि.क. आफ्नै पति २३ वर्षीय नरेन्द्र बिकलाई हत्या गरेको आरोपमा चैत १२ गते प्रहरीले पक्राउ गरेको छ ।

चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित ससुरालीमा आएको बेला सोही नगरपालिका–९ का १८ वर्षीय रमेश बिक सँग मिलेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी हिरासतमा राखेको छ ।

आरोपी रमेशसँग विवाह गर्ने उद्देश्यले हत्या गरी भीरको खोल्सामा फालेको आरोपी धनकलाले प्रहरी समक्ष स्वीकार गरेको कालिकोट प्रहरी प्रमुख डिएसपी योगेन्द्र खड्काले । जानकारी दिए ।
‘ओरोपी दुबै गहिरो प्रेममा परेको देखिन्छ ।’ उनले भने,–‘बिवाह गर्ने उद्देश्यले श्रीमानको हत्या गरेको देखिन्छ ।’

हत्याका आरोपी रमेश विक लगाएत घटनाका ४ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि प्रक्राउ गरेको हो ।

एक हप्ता अगाडी हराएका मृतक नरेन्द्रको शव चैत ११ गते खाँडाचक्र नगरपालिका–८ छायढुस्की खोल्सामा प्रहरीले खोजीमा क्रममा भेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्