इलाममा सडक महोत्सब हुँदै



इलाम, नेस ।
इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारमा आगामी चैत्र २९ र ३०गते प्रथम सूर्योदय सडक महोत्सव २०७३ र आदिवासी जनजाति खाना तथा साँस्कृति उत्सव हुने भएको छ ।

फिक्कलमा चर्चित कलाकारहरुको प्रस्तुति सहित सडक महोत्सव हुने । सूर्योदय होटल व्यवसायी संघ र नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समवन्वय परिषदको संयुक्त आयोजनामा हुने महोत्सव बारे विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गर्दै जानकारी दियो ।

स्थानीय क्षेत्रमा उत्पादित लोकप्रिय वस्तुहरुको जानकारी दिदै पर्यटकिय स्थलको प्रचार तथा होटल व्यवसायको सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक सूर्योदय होटल व्यवसायी संघका सचिव यूवराज प्रधानले जानकारी दिए ।

‘यहाँ उत्पादित छुर्पि, ललिपप खुर्सानीको जस्ता वस्तुको अलग्गै पहिचान र माग धेरै छ । रमणिय स्थल ओझेलमा परेका छन् तिनको जानकारी गराएर पर्यटकलाई आर्कषित गराउन महोत्सवको आयोजना गरेका हौँ’ प्रधानले भने । ५० ओटा विभिन्न जातजातिकास्वादिस्ट खानका परिकारका स्टल र १०० भन्दा बढि व्यापारिक स्टल रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव सम्पन्न गर्न तीस लाख रुपियाँ अनुमानित खर्च लाग्ने बताईएको महोत्सवलाई आर्कषण बनाउन विभिन्न जातजातिका पोसाकमा साँस्कृतिक झाँकिसहित सुगम पोख्रेल, मेलिना राई, मनोज गजुरेल लगायतका राष्ट्रिय कलाकारले विभिन्न साँस्कृतिक प्रस्तुति देखाउने छन् । आयोजक संस्थाका सचिव प्रधानले विशेषज्बाट स्वास्थ्य परीक्षण गरि रक्तदान कार्यक्रम समेतको आयोजना गरिएको र पर्यटकीय स्थलहरुको सूचना केन्द्र मार्फत जानकारी दिई भ्रमण समेत गराईने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्