बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन



काठमाडौँ, १२ चैत । नेपाल विद्युत् प्राधिकरण पूर्व कर्मचारी समाजको यहाँ सम्पन्न प्रथम साधारणसभाले पूर्व निर्देशक दण्डपाणि बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उक्त समितिको उपाध्यक्षमा बैजुनाथ रौनियार, महासचिव नियाज अहमद, सचिव बद्रीकुमार खत्री, कोषाध्यक्ष शङ्करप्रसाद मैनाली तथा सदस्यहरुमा विष्णुबहादुर सिंह, बलराम केसी, दिवाकरभक्त खरेल रहनुभएको छ ।

समितिमा चयन हुन बाँकी सातजना उपाध्यक्ष र चारजना सदस्य केन्द्रीय कार्यसमितिले आफ्ना आजीवन सदस्यमध्येबाट चयन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणबाट हाल छ हजार ७०० जना कर्मचारीले अवकाश प्राप्त गरिसकेका छन् । नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाज अवकाश प्राप्त कर्मचारीको साझा संस्थाका रुपमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्