आगोमा परी बालकको मृत्यु



त्रिशूली, १२ चैत । नुवाकोटको गेर्खुमा दुई वर्षीय बालकको आगोमा जलेर मृत्यु भएको छ ।

विदुर नगरपालिका–११ गेर्खुका शम्भु नेपालका छोरा सुशील नेपाल आगोमा परी गम्भीर घाइते भएको र उनको उपचारका क्रममा कान्ति बाल अस्पताल, काठमाडौँमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

शुक्रबार अपराह्न ३ बजे झाप्रीमा सुतिरहेका सुशीललाई उनका तीन वर्षका दाजु समीरले खेल्ने क्रममा झाप्रीमा अगुल्टो लगाइदिँदा लागेको आगोमा परी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्