कांग्रेस र माओवादीलाई एकै पटक पराजित गर्छौं – गौतम



पर्वत, (नेस)

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा हुने तीन तहकै निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई एकैपटक एमालेले पराजित गर्ने दाबी गर्नुभएको छ।

नेकपा(एमाले) पर्वतले सञ्चालन गरेको चार महिने जनपरिचालन अभियानको समापन तथा अगुवा कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै गौतमले कांग्रेस र माओवादी केन्द्र मिलेर चुनावमा प्रतिस्पर्धा गर्न आएपछि एकै पटक पराजित गर्ने दाबी गर्नुभएको हो।

‘कांग्रेस र माओवादी केन्द्र मिलेर पनि एमालेलाई पराजित गर्न सक्दैनन्, मात्रै प्रतिस्पर्धा मात्रै गर्ने हुन्’, उहाँले भन्नुभयो– ‘दुईवटै दल मिलेर चुनाबमा आए पनि सजिलैसँग पछार्न सक्छौं, एमालेमा त्यो तागत छ।’

प्रतिक्रिया दिनुहोस्