गुडिरहेको ट्रकमा आगो लाग्दा भैैंसी जले



हेटौंडा, (नेस)

महात्मा गान्धीले भनेका थिए– ‘कुनै पनि देश कति महान् छ, हेर्नलाई त्यहाँ मानिसले पशुसँग गरेको व्यवहार हेनुपर्छ। जनावरबाट लिन सकुञ्जेल फाइदा लिइन्छ। जब काम दिन नसक्ने हुन्छन्, तिनलाई अनेक तरिकाबाट दुःख दिइन्छ, सडकमा छाडिन्छ वा कष्ट दिएर मारिन्छ।’

राँगाभैंसीलाई घन र घरेलु हतियार प्रयोग गरेर मारिन्छ। ट्रकमा पशुलाई तड्पाएर राखी ओसारपसार गर्ने गरेको पाइन्छ। पशुलाई यस्तो व्यवहार गरिए पनि नियन्त्रणको प्रयास भएको पाइँदैन। ‘कालो सुन’ भनेर चिनिने भैंसीलाई उचित तरिकाले ओसारपसार नगरिँदा गत वर्ष जुन स्थानमा ट्रकमा आगो लाग्यो र जलेर १५ वटा भैंसी मरे, सोही स्थाननजिक बिहीबार राति त्यस्तै दुर्घटना भएको स्थानीयले बताए।

दूध थाकेको अवस्थामा फेरि पालेर राख्ने वा मासुका लागि पठाउने भन्नेमा किसानसँग विकल्प रहेकाले भैंसी व्यापार फाइदाजनक देखेर तराईका व्यापारी यसतर्फ आकर्षित छन्। तराईका जिल्लाहरूबाट दिनहुँजसो पश्चिम र राजधानीमा राँगाभैंसी लैजाने गरिएको छ। ट्रकमा आवश्यकभन्दा बढी पराल राखेर राँगाभैंसी ओसारपसार गर्दा यात्रामा सुरक्षा सतकर्ता अपनाउने गरिएको भने देखिएको छैन। यसकारण दुर्घटना हुने गरेको देखिन्छ।

भैंसी बेकेको ना५ख ८२४१ नम्बर ट्रकमा बिहीबार राति हेटौंडा–११, थानाभ¥याङमा अचानक आगो लाग्यो। व्यापारी, स्थानीय र नजिकको प्रहरीको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा आयो, तर ७ वटा भैंसी र २ पाडापाडी जलेर म¥यो।

प्रतिक्रिया दिनुहोस्