सैनिक प्रवक्ताले थाले काम



काठमाडौं, (नेस)
नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी शुक्रबारबाट सहायक रथी भंकरबबहादुर कडायतले सम्हाल्नुभएको छ।

मानार्थ उपरथी ताराबहादुर कार्कीले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच कडायतलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्