विमानस्थलमा नर्भिकको क्लिनिक 



नेपाल समाचारपत्र
काठमाडौं

नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निःशुल्क आकस्मिक स्वास्थ्य उपचार क्लिनिक सञ्चालनमा ल्याएको छ।

शुक्रबार नर्भिक हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरी र विमानस्थलस्थित नागरिक उड्डयन कार्यालय, नागरिक उड्डयन प्राधिकरणका महापबन्धक देवानन्दप्रसाद उपाध्यायले संयुक्त रूपमा क्लिनिकको उद्घाटन गर्नुभएको हो। अस्पतालले आकस्मिक क्लिनिकबाट आन्तरिक हवाई यात्रुमा आइपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको आकस्मिक चिकित्सा कक्षबाट सेवा दिने हस्पिटलका प्रबन्ध निर्देशक चौधरीले बताउनुभयो।

आकस्मिक चिकित्सा कक्षमा चिकित्सक, नर्स, प्यारामेडिकहरूले बिहानदेखि बेलुकासम्मनै सेवा दिने अस्पतालले जनाएको छ। साथै आकस्मिक चिकित्सा कक्षबाट निबुलाइजेसन, ईसीजी सेवा, रक्तचाप मापनयन्त्र, जीवनदायी संकेतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राण वायुको मात्रा, ट्रली शैøयाको सेवा प्रवाह गरिने अस्पतालले बताएको छ।

प्रतिक्रिया दिनुहोस्