सत्य निरुपण आयोगका अध्यक्षविरुद्ध रिट



काठमाडौं, (नेस)

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ फागुन १ गतेदेखि विनासूचना गैरजिम्मेवार ढंगले आयोगमा उपस्थित नभएको एवं आयोगको काम ठप्प भएकाले आयोगका अध्यक्षको कार्यक्षमताको अभाव भएकाले निजमाथि कारबाही गर्नका लागि माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ।

मन्त्रिपरिषद्का नाममा आदेश जारी गर्नुपर्ने माग गर्दै कल्याण बुढाथोकीलगायतका पीडितले सर्वोच्च अदालतमा दर्ता गर्न लगेको निवेदन गएको फागुन २६ गते सर्वोच्च अदालतले दरपीठ गरेकोमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको एलक इजलासमा दरपीठविरुद्ध भएको सुनुवाइपश्चात उक्त दरपीठ आदेश बदर गरी उक्त निवेदन दर्ता गर्न आदेश भएको हो।

प्रतिक्रिया दिनुहोस्