सुस्त मनःस्थिति कल्याणमा नयाँ नेतृत्व



काठमाडौं (नेस)    ।

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था( नेपालको हालै नारायणगढमा सम्पन्न२१ औं केन्द्रिय सभा (केन्द्रीयअधिबेशन)ले वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिकर्मी मुक्तिनाथअधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समिति  निर्वाचित गरेको छ । सभाले  संस्थाको उपाध्यक्षमा तुईलाल श्रेष्ठ, महासचिवमा लम्बोदर कायस्थ, कोषाध्यक्षमा अनन्तप्रसाद धौभडेल , सचिवमा अगमकुमार पालिखे र सह कोषाध्यक्षमा उर्गादेबी श्रेष्ठलाई निर्वाचित गरेको छ ।

सभाबाट ज्ञानदेब श्रेष्ठ, बिष्णुबहादुर श्रेष्ठ, बदन शर्मा ,उषा खड्गी र सूर्यबहादुर मास्केलाई सदस्यमा निर्वाचित भएका छन्  ।

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था नेपाल, चितवन जिल्ला शाखाको आतिथ्यतामाउद्योग बाणिज्य संघ, चितवनमा सम्पन्न उक्त केन्द्रिय सभाको समुद्घाटन प्रमुखअतिथि, पूूर्ब सांसद तथा बरिष्ठ समाजसेवी सुश्री मैयादेबी श्रेष्ठले एक भव्य समारोहका बिच कलात्मक पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उहॉले सुस्त मनःस्थिति (बौद्धिक अपाङ्गता) को क्षेत्र ज्यादै सम्बेदनशील भएको हुनाले उनीहरुको हकहित र अधिकार सुनिश्चित गरी पुनस्थार्पन कार्यमा राज्यले बिशेष ध्यानदिनु पर्ने बताउदैे सुस्त मनःस्थितिका बालबालिकाका ेपुनस्र्थापन कार्यको लागि रु.२  लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

बौद्धिक अपाङ्गता भएका नागरिकहरुको शिक्षा स्वास्थ््य तथा पुनःस्थापन गर्ने उद्देश्यले राष्ट्र्रिय सुस्त मनःस्थिति कल्याण संस्थाको स्थापना भएको हो । केन्द्रीय सभामा बिगत २५ बर्षदेखि उत्कृष्ठ कार्य गर्दै आएको राष्ट्र्रिय सुस्त मनःस्थिति कल्याण संस्था नेपाल ,जिल्ला शाखा चितवनलाई स–सम्मान कदरपत्र पनि प्रदान गरीएको थियो ।

केन्द्रीय सभा संस्थाका तात्कालिन केन्द्रीयअध्यक्ष सच्चिदानन्द श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्