कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो



आगामी जेठ २७ र २८ गतेको लागि तय भएको इपीएस कोरियन भाषा परीक्षाको अवेदन खुल्ला गरिएको छ ।

विगतका वर्षमा जस्तो तोकिएको स्थानमा गएर लाइन बसेर फारम भर्नु पर्ने सम्स्यालाई हटाउदैँ यसपटक अनलाई फारम भर्ने व्यवस्था गरिएको कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिएका छन ।फारमको म्याद चैत १८ गतेसम्म रहने छ ।

फारम भर्नका लागि सबैभन्दा पहिले ग्लोबल आइएमइ बैंकमार्फत तोकिएको शुल्क अमेरिकी डलर २० तिर्नुपर्नेछ । सो रकम बुझाएको भौचरको नम्बर र पासपोर्ट नम्बर इपिएस कोरियाको साइटमा इन्ट्री गरेर फाराम भर्नुपर्ने हुन्छ ।
फारम भर्नका लागि इमेल आईडी पनि आवश्यक पर्छ। परीक्षा आवेदन फारम भर्नेको प्रवेशपत्र इमेल आईडीमै आउने छ। जसलाई रंगीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा लैजानुपर्छ । परीक्षा दिन जाँदा सक्कल एमआरपी पनि लैजानुपर्छ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । यसवर्ष करिब ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्