विश्व सामाजिक कार्य दिवस मनाइयो



नेपाल समाचारपत्र
ललितपुर
११ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा ललितपुर लगनखेलस्थित एम्स इनटरनेसनल कलेजमा स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन गर्ने विद्यार्थीहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

सो अवसरमा विद्यार्थीहरूले लगनखेलमा रहेका विभिन्न मठमन्दिरहरूमा सरसफाइ गर्नुका साथै सामाजिक कार्यसम्बन्धी विषय कार्यशाला गोष्ठीको आयोजना गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूले लगनखेलमा रहेको बौद्ध गुम्बा, भैरव मन्दिरलगायतका धार्मिक सम्पदाहरूको सरसफाइ गरेका थिए।

सोही अवसरमा उनीहरूले विभिन्न विषयमा जनचेतना जगाउने अभिप्रायले जावलाखेलमा सडक नाटकको प्रदर्शनी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्