‘कानुनका कारण निर्वाचन रोकिँदैन’



काठमाडौँ, ८ चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तीनै निकायको निर्वाचन गर्नका लागि कानुन निर्माण तीव्र रुपले भइरहेको जनाउँदै कानुनका निर्माणका कारण निर्वाचन नरोकिने जनाएको छ ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उहाँले स्पष्ट गर्नुभयो ।

नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने एक सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिनुभयो ।

संविधान कार्यान्वयन गर्नका लागि नयाँ बनाउनुपर्ने एक सय १० सङ्घीय कानुन, २२ प्रदेश कानुन र छ वटा स्थानीय कानुन बनाउनुपर्ने हुन्छ । तीसम्बन्धी विधेयक निर्माण अघि बढिसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्