नौ गाउँपालिकामा तालाबन्दी


गौशाला, ८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरी जिल्लाका नौ गाउँपालिकामा तालाबन्दी गरेका छन् ।

यहाँका तीन नगरपालिका र १२ गाउँपालिकामध्ये मटिहानी, पिपरा, बलवा, सम्सी, रामगोपालपुर, औरही, मनरा, एकडारा र सोनमा गाउँपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको मोर्चाका नेता सुदीप झाले बताउनुभयो ।

मोर्चाको तालाबन्दीका कारण ती गाउँपालिकामा सम्पूर्ण कामकाज ठप्प छन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।