रकम चोरीको अभियोगमा २ बालबालीका पक्राउ



यमलाल भुसाल, बुटवल ।

१५ बर्षिय दुई नाबालक आफनै विद्यालयको रकम चोरीको अभियोगमा पक्राउ परि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर मुद्दा चलाईएको छ ।

कानुनतः १६ वर्ष नपुगेका बालबालिकाहरुलाई कुनै अपराधमा संग्लन भए मुद्दा चलाउने प्रावधान भएपनि प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान कानुनमा व्यवस्था रहेको छ भन्दै विद्यार्थीका अभिभभावकले प्रहरीले बालकहरुलाई थुनेको आरोप लगाएका छन ।

नेपालको कानुनमा १६ वर्ष पुरा नभएका कुनैपनि बालबालिकालाई प्रहरी हिरासतमा लिन नपाइने स्पष्ट व्यवस्था गरेकोे छ ।

हतकडी लगाउन नपाइने, अपराधमा संग्लग्नहरुको साथमा प्रहरी हिरासतमा राख्न नपाइने कानुनमा भएपनि प्रहरीले त्यस्लाई वेवास्ता गर्दै बुटवल १३ वस्ने अभिषेक शाही र सुजन भुसाललाई ४ दिन देखि प्रहरी हिरासतमा राखेर कारवाही शुरु गरेको अभिवावकको गुनासो छ ।

घटना केहि दिन अगाडीको हो बुटवलको देविनगरमा रहेको नविन औद्योगिक कदरबहादुर रिता माविमा भएको चोरी विषयको हो ।

सोही स्कुलमा पढ्ने विद्यार्थीले स्कुलमा रहेको करिब साढे ६ लाख रुपैयाँ रातको समयमा चोरी गरेका थिए । चोरीको आशंकामा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि १ जनालाई भने प्रहरीले छाडेको छ ।

तर २ जनालाई प्रहरीले पक्राउ गरि राखेर मुद्दा चलाएको पिडितका बुवाले जनाएका छन् ।

मेरो छोराले चोरेको होइन जुन चोर्नेवालाले १ हजार राख्न दिएको आधारमा छोरालाई पक्राउ गरि थुनेको हो । छोराको अहिले चलेको कक्षा ९ को परिक्षा समेत दिन नपाउने होकी भन्ने चिन्ता बढेको उनले बताए ।

उनले विद्यालयले फसाईदिएको बाबु शंकर शाहीले बताए । विद्यालयप्रति समेत आशंका उब्जिएको उनले बताए । कहाबाट आयो विद्यालयमा ६ लाख यस्को पनि अनुसंन्धान हुनु जरुरी छ, उनले भने ।

यसै बिच मानव अधिकार तथा शान्ति समाजले नाबालकलाई हिरासतमा राखी मुद्दा चलाएकोमा आपत्ती प्रकट गरेको छ । समाजले एक बिज्ञप्ती प्रकाशित गरि उक्त कार्य गैरकानुनी र बाल अधिकारको गंभिर उल्लंघन भएको ठहर गरेको छ ।

समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालले बालबालीकालाई हत्कडी लगाई प्रहरी कस्टडीमा सामान्य थुनुवा सरह राख्नु गैर कानुनी कार्य भएको बताएका छन । खनाल भन्छन– यो बालअधिकारको गम्भिर उल्लंघन हो । यो नेपालले हस्ताक्षर गरेको संयुक्त राष्ट्र संघिय बाल अधिकार सम्बन्धी सन्धी सम्झौताहरुको ठाडो उल्लंघन हो ।

यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मुकुन्द मरासिनीले विद्यालयको पैसा चोरी भएको र चोर्ने विद्यार्थीलाई पक्राउ गरि कानुनी कारवाही अगाडी बढाईएको बताउनु भयो । अपराध गर्नेलार्इृ कानुनी कारवाही गर्नु पर्छ वाहिर जुन हल्ला मचाईएको छ नावालकलाई हिरासतमा राखेर मुद्दा चलाउन नपाउने कानुन कहाँ छ केवल उनिहरु नावालक भएकाले प्रहरीले अन्य अपराधीलाई राख्ने ठाउमा संगै नराखी छुटटै कोठामा राखेर अनुसंन्धाको काम अगाडी बढाएको समेत प्रहरी नायव उपरिक्षक मरासिनीले बताउनु भयो ।

हत्कडी नलगाई प्रहरीको सामान्य थुनुवा कक्षमा ति वालकलाई राखिएको प्रहरीको दावी छ ।

पक्राउ परेका दुवै विद्यार्थीहरु नविन औद्योगिक माबी स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् । जन्मदर्ता प्रमाणपत्रका अनुसार उनिहरुको उमेर केवल १५ बर्ष मात्र छ ।

प्रतिक्रिया दिनुहोस्