नेपाल-ब्रिटिस दौत्य सम्बन्ध २०० बर्ष पुरा, कार्यक्रममा राजकुमार हृयारी



लण्डन।
नेपाल ब्रिटिस दौत्य सम्बन्ध कायम भएको २०० बर्ष पुरा भएको छ । उक्त अवसरमा लण्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बेलायती राजकुमार हृयारीको पनि उपस्थिती रहेको थियो ।

गएराती सम्पन्न उक्त कार्यक्रममा राजकुमारले नेपालीहरु सगँको भेटलाई निकै नै रमाइलो महसुस गरेको कुरा उनले बताएका छन् । उनले गोर्खालीलाई भेटेको कुरा पनि आफ्नो टुइटरमा पनि ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै ह्यारिले “मलाई यो कार्यक्रमले निकै नै रमणिय बनाएको छ , खासगरी पुर्व गोर्खाली सैनिकहरुसँगको भेट र सपुर्ण नेपालि साथिहरुको न्यानो मायाले मैले खुसीको एक अनुभुती प्राप्त गरेको छु । मैले अफ्गानस्थानमा जब नेपालीहरुसँग जब तातो खसीको मासु खाएको थिए तब मेरो अनुहारमा पसिना आएको थियो । नेपालीहरुसँगको त्यो घटना मैले कहिल्यै पनि बिर्सने छैन । ”

कार्यक्रममा राजकुमारलाई फुलमाला लगाएर भब्य स्वागत गरिएको थियो । कार्यक्रममा बेलायती रक्षामन्त्री मार्क ल्याङ्खेस्टरका साथै बेलायती संसद समूहका अध्यक्षसहित सांसदहरु, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिति थियो ।

यसैगरी ब्रिटिसका लागि नेपाली राजदुत दुर्गाबहादुर सुबेदीले बोल्दै “तपाइहरुको नेपालीप्रतीको मायाको हामी सधैँ प्रशंसा गर्नेछौ भन्दै” कार्यक्रमलाई टुङग्याका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्