आईजीपीको छिनोफानो आज अर्यालद्वारा पनि रिट दायर



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकसम्बन्धी विवादको फैसला आज गर्ने सम्भावना रहेको छ। सो विषयमा सुनुवाइ सोमबार सकिएको छ।

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सो सम्बन्धी सुनुवाइ भएको थियो। सो विषयमा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गर्नुभएको थियो भने रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा. भीमार्जुन आचार्यले बहस गर्नुभएको थियो।

यसैबीच नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको छ। मन्त्रिपरिषद्ले संविधानविपरीत चन्दलाई महानिरीक्षकमा बढुवा गरेको जनाउँदै प्रहरी नियमावलीअनुसार आफू कार्यसम्पादनमा अब्बल भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न निवेदनमा माग गरिएको छ। वरीयता क्रमले अर्याल २ नम्बरमा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्