आयोगको कार्यालय घेर्यो राप्रपाले



मोतीराम तिमल्सिना,काभ्रे  ।

सत्तामै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार देशभरका निवार्चन कार्यालय घेर्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रहेको निर्वाचन कार्यालय घेराउ गर्दै निर्वाचन अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
केन्द्रिय सदस्य एवं सांसद रेशम लामा सहितका नेता कार्यकर्ताहरु सहभागि भएको जुलुसले धुलिखेल नगर परिक्रमा गरेको थियो । पार्टीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउने निर्णय निर्वाचन आयोगले गरे लगत्तै राप्रपाले देशभर आन्दोलनका कार्यक्रम शुरु गरेको छ ।

संविधानले समेत राष्ट्र विखण्डन नहुने गरी पार्टीहरुले जनताका बीचमा आफ्ना एजेण्डाहरु लैजान सक्ने अधिकार दिएको भए पनि निर्वाचन आयोगले मनपरी ढंगबाट दल विशेषका एजेण्डा हटाउन गरेको निर्णय लोकतान्त्रिक सरकार र गणतन्त्र विरुद्ध भएको भन्दै सरकारमै रहेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनको माहोल धुमिल बनाउने गरी आयोगले गरेको निर्णय तत्काल सच्याउन र नसच्याए कानुनी उपचारमा जाने बताए । आयोगले भने उक्त निर्णय सरकारमै सल्लाहमा गरेको बताएको छ । सरकारका महान्याधिवक्ता समेत रहेका रमण कुमार श्रेष्ठले निर्वाचन आयोगले सरकारको सहयोगमा निर्णय गरेको स्विकारेका छन् । सरकारका उपप्रधानमन्त्री समेत रहेका थापा तत्कालिन जनआन्दोलनको समयमा गृहमन्त्री थिए ।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रकै अभियानमा पहिलो संविधान सभामा चार सिट मात्रै जितेको राप्रपाले दोश्रो संविधान सभामा २६ सिट हासिल गरेको थियो । गाई चुनाव चिन्ह राखेर हिन्दुहरुको भावना जितेको राप्रपा कुनै हालतमा त्यो एजेण्डा छाड्न चाँहदैन । आयोगले किन सरकारको दबाबमा राप्रपाको विधान शंशोधन ग¥यो ? वा गर्ने अधिकार उसलाई छ कि छैन ? केन्द्रिय नेता राजाराम श्रेष्ठले बताए ।

निर्वाचन आयोग घेर्न जानेमा जिल्ला नेताहरु टुल्कु लामा, उदय सिं मुस्याजु, राजेन्द्र केसी, राजाको शासनकालमा नगरपालिकामा मेयर तथा उपमेयर हुने नेताहरु, जिल्लाका विभिन्न तहका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।

राप्रपाले नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमिकतालाई बलियो बनाउन, सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाउन, राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकका रुपमा संविधानको परिधि र संसद अन्र्तगत रहने गरी राजसंस्था सहितको लोकतन्त्रको पक्षमा भएकाले त्यहि एजेण्डा लिएर गाउँ जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्