निवार्चन आयोगको कार्यालय अगाडि झडप, स्थिती तनावग्रस्त



काठमाडौँ(नेस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) कार्यकर्ता र प्रहरीबीच काठमाडौं स्थित निवार्चन आयोगको कार्यालय अगाडि झडप भएको छ । शान्तिबाटिकामा जम्मा भएर कन्तिपथतर्फ जाने क्रममा प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो ।

प्रदर्शनकारीले एक्कासी ढुगां र आगो बालेर प्रर्दशन गर्दै प्रहरीको घेरा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास हान्न बाध्य भएको छ ।
अहिलेसम्म प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्