यौन क्रियाकलापमा संलग्न ६ पक्राउ



भक्तपुर, (नेस)। प्रहरीले यौन क्रियाकलापमा संलग्न तीन जोडी महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा छापा मार्दा रेस्टुरेन्टको माथिल्लो तलाको तीनवटा कोठाबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले रेस्टुरेन्ट सञ्चालकसमेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्